KP Oli with Modi.2काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण फागुन ७ गतेवाट हुने भएको छ। ६ दिनको भारत भ्रमणका क्रममा भारतका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्रं मोदीसंग ओलीको भेतवार्ता फागुन ८ गते मात्र हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोही दिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग पनि ओलीको भेटवार्ता हुने जानकारी पनि मन्त्रालयले दिएको छ। भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले राष्ट्रहित विपरित भारतसंग आफूले कुनैपनि सन्धी–संझौता नगर्ने र नेपालको हक, हितको लागि नै बढी कुरा गर्ने बताएका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन १ गते शनिवार ।