Anjan progm 3काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतको राजकीय भ्रमणले दुई देश वीच देखिएको असमझदारीको अन्त्य भएको र भ्रमण अत्यन्त सफल भएको दावी गरेका छन्। अन्तरराष्ट्रिय सरोकार केन्द्र नेपालको आयोजनामा आइतवार काठमाडौको लैनचौर स्थित होटल मल्लमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमणका परिप्रेक्ष्यमा नेपाल–भारत संवन्धः नयाँ आयाम र नयाँ अभिभारा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतले आफ्नो राजकीय भ्रमणलाई सम्मान गर्नु नेपाल र नेपालीको सम्मान हो भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका भारतीय नेताहरुले नेपालको संविधानको प्रशंसा र स्वागत गरिनुले नेपाल–भारत संवन्ध पूर्ववत रुपमा फर्केको स्पष्ट पारेका छन्। भ्रमणको अन्तमा संयुक्त विज्ञप्ति नआउंदमा कुनै शंका–उपशंका गर्नु आवश्यक नभएको र सवैले गरेर आउने कर्मकाण्ड मात्र नभएको भनेका छन्। ओलीले कुनै तुष बाँकी भएमा त्यो पनि समाप्त भएर जाने विश्वास गर्न सवैलाई आव्हान गरेका छन्।

Anjan progm 2

कार्यक्रममा कार्यपत्र पेश गर्दै नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बर्ष नेपालको भ्रमणको बेला नेपालको संसदलाई संवोधन गर्ने क्रममा जसरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रशंशा गरेको स्मरण गर्दै युद्धवाट बुद्धतिर तथा शस्त्रवाट शास्त्रतिर नेपालको संक्रमणलाई सराहना गरेको बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीले त्यसरी नै नेपालको संविधान घोषणा पश्चात नेपालले अवलम्वन गरेको बाटोलाई भारतले गरेको स्वागतको अर्थमा प्रधानमन्त्री ओलीको भ्रमणलाई अत्यन्त सफल मान्न सकिन्छ भनेर नेता ज्ञवालीले भनेका छन्।

Anjan progm 1

नेता ओलीको कार्यपत्रमा टिप्पणी गर्दै पूर्व परराष्ट्रमन्त्री डा.भेषबहादुर थापाले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भारतले देखाएको आतिथ्यले भारतको नेपालप्रतिको सदभावमा कुनै कमी नदेखिएका स्पष्ट पारे। सोही समारोहमा अर्का पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि दुई देश वीचको संवन्धमा सुधारको प्रशस्त संकेत देखिएको बताए।पूर्वराजदूत शंभुराम सिंखडाले ओलीको भारत भ्रमणले कोर्श करेक्सनको कार्य गरेको जिकिर गरे। नेपाल उद्योग–बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भारतप्रति नकारात्मक तथा शंकाको दृष्टिकोणले हेर्ने बानीमा परिवर्तन ल्याउन जरुरी भएको भने।

Anjan progm 4

कार्यक्रममा अन्तरराष्ट्रिय सरोकार केन्द्र नेपालकी अध्यक्ष डा.अन्जान शाक्यले स्वागत भाषणमा प्रधानमन्त्री ओलीको भारत भ्रमणले नेपाल–भारतको संवन्धमा विगत पाँच महिना अघिवाट आएको संवन्धमा सुधार आउनुको अलावा विभिन्न सकारात्मक कार्यको शुरुवात भएको ठहर गरेकी छन्। आयोजक अन्तरराष्ट्रिय सरोकार केन्द्र नेपालका कार्य समिति सदस्य तथा प्रसिद्ध उद्योगी लोकमान्य गोल्छाले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशन मिति–२०७२ साल फागुन १६ गते आइतवार ।