Pushpa Kamal Dahalकाठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको तीन तोला सुन र चितवनमा एक कट्टा जमिन मात्र रहेको सम्पत्ति सार्वजनिक भएयता कसैले पनि नपत्याएको तथा जनयुद्धयता दाहालले अकुत सम्पति कमाएको भन्ने कुरा व्यापक सार्वजनिक भएपछि त्यसको बचाउ गर्ने कार्य भएको छ।

काठमाडौवाट शुक्रबार पार्टी प्रशिक्षणका क्रममा पोखरा पुगेका प्रधानमन्त्री दाहालले आफ्नो नीजि सम्पत्ति देखाउन चुनौति दिएका छन्। कसैले दाहालको अकुत सम्पत्ति देखाएर प्रमाणित गर्न सकेमा आफू सन्यासी बन्ने समेत घोषणा गरेका छन्।

मान्छेहरु पत्याउंदैनन्, तर मेरो नीजि सम्पति छैन भनेर दाहालले भनेका छन्। साम्यवादको सिद्धान्त अनुसार नै आफूले सवै सम्पति पार्टीकरण गरिसकेकोले भएको सम्पति पनि पार्टी या सरकारको हुने भनेका छन्।
प्रकाशन मिति–२०७३ साल पुष १ गते शुक्रबार ।