काठमाडौ। नेपालको प्रधानमन्त्री बनेको लगतै भारत भ्रमण गर्ने निरन्तरतामा निरन्तरता दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारतको भ्रमण सकाएर नेपाल फर्केका छन्।

Prime Minister Pushpa Kamal Dahal in Tribhuwan Int'l Airport for press breafing about India visit.
Prime Minister Pushpa Kamal Dahal in Tribhuwan Int’l Airport for press breafing about India visit.

आइतवार नेपाल फर्केका दाहालले भारतसंगको संवन्धले नेपालको अर्को छिमेकी मुलुक चीनसंगको संवन्धमा कुनै असर नपर्ने जिकिर गरेका छन्।

आइतवार भारतवाट फर्केको लगतै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकारहरुको संक्षिप्त कुराकानीमा दाहालले उक्त कुरा भनेका हुन्।

दाहालले भारतसंगको नेपालको संवन्धमा निक्कै हार्दिकता र सौहार्दता कायम गरेर आएको ठोकुवा समेत गरेका छन्।

प्रकाशन मिति–२०७३ साल असोज २ गते आइतवार ।