Mr.Sher Bahadur Deuba–Prime Minister of Nepal.

काठमाडौ। पश्चिम नेपालको दाङको तुलसीपुरमा मंगलबार साँझ बम विस्फोट हुँदा म्यादी प्रहरी सहित ८ जना घाइते भएका छन् । नेपाली कांग्रेस दाङले तुलसीपुरको अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा उक्त बम विस्फोट भएको हो।

दुई सय मिटर पर बम विस्फोट भएकोले प्रधानमन्त्री देउवा लगायतलाई भने केही नभएको तथा देउवा सुरक्षित रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार,बम विस्फोटवाट घाइते हुनेमा तुलसीपुर–१८ बस्ने म्यादी प्रहरी विनोद चौधरी, तुलसीपुर–१८ की २३ बर्षीय जेनी वली, शान्तिनगर गाउँपालिका–२ का ५० बर्षिय हिमलाल राम्जाली, बबई गाउँपालिका–६ का ३६ बर्षिय नेबबहादुर खत्री, १८ बर्षीया सुनिता चौधरी, सल्यान थारमारेकी ४० बर्षीया देवी डीसी, सल्यानको ढोरचौरकी ४५ बर्षीया नरवनी बुढा रहेका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र थप उपचारकालागी नेपालगञ्ज रिफर गरिएको राप्ती अञ्चल अस्पतालले जनाएको छ। बम बिस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंंसीर १२ गते मंगलवार ।