Priyanka Chopra-in-new-yorkकाठमाडौ। बलिउड नायिका प्रियंका चोपडा यतिखेर हलिउडमा निक्कै व्यस्त बन्न थालेकी छन्। हलिउडका फिल्ममा बेलगामका साथमा अभिनय गर्ने अनि गत्तिछाडा भएर अभिनय गर्ने नायिका प्रियंका चोपडाको अमेरिकामा भएको एक हलिउडको फिल्मको शुटिङ्गको बेला भएको घटना चर्चाको विषय बनेको छ। 

न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको हलिउडको एक फिल्मको शुटिङ्गको क्रममा गजबको दृश्य क्रियट भयो। ‘क्वान्टिको’ नामक सिरियलबाट हलिउडमा प्रवेश गरेका नायिका प्रियंका चोपडा र हलिउड स्टार एडाम डिभाइन सेन्ट्रल पार्कमा नयाँ चलचित्रको छायांकनमा व्यस्त थिए।

एक दृश्यमा प्रियंकालाई एडामले पछाडिबाट चक्कु हान्नुपर्ने दृश्य छायांकनका क्रममा प्रियंकाको क्लिभेज स्पष्ट देखिएको छ। सेक्स पोज जस्तो देखिएको क्लिभेजमा प्रियंकाले थाहै नपाइकन आफ्नो बक्षस्थल आफैले समातेकी छन्।

जस्तोसुकै सेक्सपोज दिन पनि गाह्रो नमान्ने प्रियंकालाई यस्तो पोज दिन सामान्य भएपनि त्यसदिनको शुटिङ्गका क्रममा निक्कै कठिन महशुश भएको प्रियंकाले भनेकी छन्। मिस वल्र्ड बनेपछि नै बलिउडको फिल्मी करियर शुरु गरेकी प्रियंकाको हलिउड यात्रा तहल्का नै भएको छ।

Priyanka Chopra-in-new-yorkप्रकाशन मिति–२०७४ साल असार २९ गते विहीवार ।