Japanese Princessकाठमाडौ। प्रेम, प्यार, मोहब्बत भन्ने कुरा नै गजबको हुंदो रहेछ। यसमा पर्नेहरुले संसारको सवै सुखसयल विर्सने भन्ने कुरा जापानी राजकुमारीको खवरले थप प्रमाणित गरिदिएको छ। जापानकी राजकुमारीले एक सामान्य युवकसँगको प्रेममा राजघराना नै त्यागेको खवरले विश्वलाई अझ रोमान्चकारी बनाइदिएको छ।

२५ वर्षीय राजकुमारी माकोले राजपरिवारको परम्पराविपरीत विवाह गरेपछि राजपरिवारबाट अलग हुनु परेको हो । उनी जापानका नरेश अकिहितोकी नातिनी हुन्। वर्षीय प्रेमी केई केमुरोसँग उनले हालै विवाह गरेको बताइएको छ। यद्यपि विवाहको औपचारिक घोषणा गरिएको छैन । दुवै केही वर्षदेखि आपसमा प्रेम गर्दै आएका थिए। केई एक कानुनी फर्ममा कार्यरत कर्मचारी हुन् ।

कलेज पढ्दा दुबैबीच प्रेम सम्बन्ध प्रगाढ भएको बताइएको छ। जापानको राजपरिवारको परम्पराअनुसार राजपरिवारका कुनै पनि सदस्यले सर्वसाधारणसँग विवाह गर्न पाउँदैनन्। यदि सर्वसाधारणसँग विवाह गर्ने हो भने उसले राजपरिवार त्याग्नुपर्ने हुन्छ।

सोही नियममा परेकी राजकुमारीले राजपरिवार नै त्यागेर आफ्नो प्रेमलाई सफल बनाएकी छन्। जुन प्रेममा परेका सवैका लागि प्रेरणा र समर्पणको विषय बन्न पुगेको छ। (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल जेष्ठ ५ गते शुक्रबार ।