Popular Singer Raper Nirnaya Shrestha's 6th Album Ek Nepal-NSK Style in a 16gb ATM sized pen drive.
Popular Singer Raper Nirnaya Shrestha’s 6th Album Ek Nepal-NSK Style in a 16gb ATM sized pen drive.

काठमाडौ। फरकधार तथा फरक सोच लिएर नेपाली सांगीतिक क्षेत्रमा समाज सेवाको माध्यमवाट अग्रसर बन्दैआएका गायक निर्णय श्रेष्ठले ११ बर्षपछि विलकुलै नयाँ एल्बम सार्वजनिक गरेका छन्। एक नेपाल–एनएसके स्टाइल नामक एल्वम निर्णयले एक समारोह वीच सार्वजनिक गरेका छन्।

Nirnaya Shrestha 1

यस एल्वमलाई कुनै सीडी तथा भीसीडा या अडियोमा सार्वजनिक नगरिकन नयाँ जमाना तथा नयाँ सोच अनुसार १६ जीवीको पेनड्राइभ मार्फत बजारमा लञ्चिङ्ग गर्ने अन्तिम तयारीमा आफू लागेको निर्णयले भनेका छन्। आज मेरो नेपाल, ह्याप्पी बर्थडे वीस यु, यु क्यान स्टप एड्स, किप द प्रमिस र म तिम्रो नेपाली बोलका र्यापर सामाजिक सन्देशमूलक गीतहरु समावेश भएको छ। ती गीतहरुलाई सुवानी मोक्तान, आस्था बी, अक्षेता थापा र प्राश्ना शाक्यले फिचरिङ्ग गरेका छन्।

अनलाइन मार्फत डिमाण्ड गर्ने स्रोताहरुलाई १६ जीवीको किरिङ्ग सहितको आकर्षक पेनड्राइभमा स्रोताको फोटो पनि प्रिन्ट गरेर दिने व्यवस्था गरेको पनि निर्णयले भनेका छन्। तराई, पहाड, हिमाली–हामी सवैको एक देश एक नेपालको नारा सहित बजारमा नयाँ ढंगवाट प्रस्तुत गरिएको यस एल्वमलाई सवैले मन पराउने अपेक्षा गरिएको छ।

यसअघि पाँच एल्वम सार्वजनिक गरिसकेका निर्णयको यो छैठौ एल्वम हो। दिन पनि वित्यो, म नेपाली, गाउंले जीवन, मेची देखि महाकाली जस्ता गीतहरु निर्णयका अत्यन्त लोकप्रिय गीतहरु रहेका छन्। यस लोकप्रियतालाई नयाँ सोच र नयाँ स्टाइलमा निर्णयका नयाँ गीतले थप लोकप्रियता पाउने अपेक्षा गरिएको छ।

Nirnaya Shrestha 2प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।