chhakka-panja-in-uk1काठमाडौ। यो बर्षको सर्वाधिक कमाई १६ करोड गर्न सफल चलचित्र छक्का–पञ्जा फेसबुकको माध्यमवाट पाइरेसी भएको छ। फेसबुक मार्फत पाइरेसी भएको भएको यो घटना पहिलो हो। फेसबुकमा अर्जुन कुमार श्रेष्ठ नामवाट अपलोड भएर पाइरेसी भएको देखिन्छ।

यसै चलचित्रका निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला चलचित्र छक्का–पञ्जा युरोप रिलिजका क्रममा रहेकोमा यस घटनाले गर्दा भ्रमण छोट्याएर नेपाल फर्कन लागेको बताएका छन्। फेसबुक मार्फत पाइरेसी गर्ने र फेसबुकमा त्यसरी पाइरेसी गरेको फिल्मलाई सेयर गर्नेहरु समेत अपराधमा जोडिनसक्ने भएकोले त्यस्तो नगर्न पनि छक्का–पञ्जाका अभिनेता समेत रहेका निर्माता दीपकराज गिरीले भनेका छन्।

गिरीले अर्काको सम्पत्ति अवैधानिक रुपमा प्रयोग गर्नु, अपलोड गर्नु र सेयर गर्नुलाई जघन्य अपराध भएको भनेका छन्। छक्का–पञ्जा फेसबुकवाटै पाइरेसी भैसकेको अवस्थामा तुरुन्ता–तुरुन्तै युट्युब मार्फत रिलिज गर्ने तर्खरमा आफू रहेको समेत गिरीले बताएका छन्। नेपाल फर्केको लगतै पाइरेसी गर्ने अपराधीको खोजी गरेर तिनलाई हदैसम्मको सजाय गर्ने पनि गिरीले भनेका छन्।

Deepak Raj Giri's facebook status
Deepak Raj Giri’s facebook status

प्रकाशन मिति–२०७३ साल पुस २८ गते विहीवार ।