Photo Patrakar Diwash 4काठमाडौ। राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिबी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– २०७३वाट फोटो पत्रकार भीम गुरुङलाई प्रदान गरेको छ। राष्ट्रिय फोटो पत्रकार समूह २० वर्ष पुगेका अवसरमा आयोजना गरिएको फोटो पत्रकारिता दिवसमा बुधवार आयोजित समारोहमा वनमन्त्री शङ्कर भण्डारी र युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले ५०,००० (पचास हजार रुपैयाँ) राशिको सो अवार्ड प्रदान गरेका हुन्।

Photo Patrakar Diwash 2

त्यसैगरी पहिलोपटक सुरू गरिएको ‘एनटिसी डेली लाइफ फोटो पत्रकारिता अवार्ड–२०७३ दि हिमालय टाइम्सका फोटो पत्रकार स्कन्द गौतमलाई प्रदान गरिएको छ। श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटो पत्रकारिता अवार्ड–२०७३’ नेपाल साप्ताहिकका पत्रकार लक्ष्मीप्रसाद ङ्गाखुसी, ‘थाहा अध्ययन प्रतिष्ठान राजनीतिक फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार निमेष राई र ‘कङ्गारु एजुकेशन अनलाइन फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ।

‘पाटन प्याथ ल्याब स्वतन्त्र फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र फोटो पत्रकार राम गुरूङ र ‘ग्लोबल आइएमई बैंक विजनेश फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बालकृष्ण थापालाई प्रदान गरियो । हेभी हेल्प लिङ्क महिला फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बीजु महर्जन, ‘ओल्ड दरबार मनोरञ्जन फोटो पत्रकारिता अवार्ड–२०७३ पत्रकार महेशमान प्रधान, ‘मेट्स एजुकेशन मोफसल फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार कृष्णमणि बराल र ‘ग्रेस इनटरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार सुदर्शन रञ्जीतलाई प्रदान गरियो ।

‘भ्याली ग्रुप एनएफपिजे एक्टिभ मेम्वर फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको समूहका अध्यक्ष ध्रुव आलेले जानकारी दिएका छन्। पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

Photo Patrakar Diwash 1Photo By-Kabindra Man Shakya
प्रकाशन मिति–२०७४ साल बैशाख १३ गते बुधवार ।