Photo Journalist

काठमाडौ। फोटो पत्रकारिताको क्षेत्रमा काम गर्दैआएका नेपालका फोटो पत्रकारहरुलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह–एनएफपीजेले आइतबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी वैशाख १३ गते पर्ने फोटो पत्रकारिता दिवसको अवसरमा उनीहरुलाई अवार्ड वितरण गरिने जानकारी दिएको हो।

राजनीति, पर्यटन तथा संस्कृति, खेलकुद, मनोरञ्जन, दैनिक जनजीवन लगायतका विभिन्न १२ वटा विधामा पुरस्कार प्रदान गरिने भन्दै पुरस्कारका लागि फोटो पत्रकारहरुले आवेदन दिनसक्ने अवार्ड समितिका संयोजक प्रदिपराज वन्तले भनेका छन्।

५० हजार राशीको डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटो पत्रकारलाई पुरस्कृत गरिने जनाइएको छ । अन्य ११ विधाको पुरस्कारको राशी भने प्रतिविघा २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन १५ गते आइतवार ।