Kathmandu Metropolicition City

काठमाडौ। काठमाडौँ महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकालाई फोहर व्यवस्थापनमा सहयोगका लागि रु एक/एक करोड हस्तान्तरण गरेको छ।

काठमाडौँ महानगरपालिकाले शुक्रबार आयोजना गरेको स्थानीय विकास रकम हस्तान्तरण कार्यक्रममा कामपाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहमा खर्च गर्नेगरी धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र ककनी गाउँपालिका प्रमुख मानबहादुर लामालाई रु एक एक करोड हस्तान्तरण गरेका हुन्।

Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City
Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City

सोही अवसरमा कामपाका मेयर विद्यासुन्दर शाक्यले लामो समयदेखि कामपाले बञ्चरे डाँडामा फोहर व्यवस्थापन कार्य शुरु गर्ने भनेपनि तत्काल उक्त कार्य गर्न नसकिने स्पष्ट पारेका छन्। कामपाले ओखरपौवामा दुई वर्षका लागिमात्र फोहर व्यवस्थापन गर्ने सम्झौता गरे तापनि १३ वर्षदेखि उक्त स्थानमा फोहर फाल्दै आएको छ। जसका कारण स्थानीय जनता मारमा परेका छन् ।

ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगार्इंले ओखरपौवाका जनताको स्वास्थ्य र अन्नबालीमा समेत असर पारी कामपाले अव्यवस्थितरुपमा फोहर संकलन गर्दै आएको आरोप लगाउँदै तत्काल विकल्पको बाटो खोज्न आग्रह गरेका छन् । कामपाले जुनकुनै हालतमा पनि बञ्चरे डाँडामा नै दीर्घकालीनरुपमा फोहर संकलन गर्ने स्थान बनाउनुपर्ने बजगाईंको माग रहेको छ ।
प्रकाशन मिति–२०७४ साल असोज २१ गते शनिवार ।