Perish Crimeकाठमाडौ। फ्रान्सको राजधानी पेरिसमा गरिएको गोलीकाण्डमा एकको मृत्यु तथा दुई जना घाइते बनेका छन्। अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार उक्त गोलीकाण्डमा एक प्रहरी मारिने गरी गराइएको आक्रमणमा दुई जना घाइते भएका हुन्। प्रहरी कारवाहीमा गोली प्रहार गर्ने व्यक्ति पनि मारिएका छन्।

इस्लामिक अतिवादी समूह आईएसले घटना आफूले गराएको दावी गरेको छ । पेरिसको शान्जे लीजे भन्ने स्थानमा भएको घटनापछि शहरभरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । एउटा कारबाट उत्रेका आक्रमणकारीले एकाएक स्वचालित बन्दूकले प्रहरीको बसमाथि गोली प्रहार गरेर भागेको र पछि प्रहरी कार्वाहीमा मारिएको प्रहरीले जनाएको छ।

फ्रान्समा आइतवार राष्ट्रपति पदको निर्वाचन हुँदैछ । निर्वाचनको ठीक अगाडी भएको घटनापछि मुलुकभर आतंकवाद विरोधी अभियान तीब्र पारिएको जनाइएको छ । राष्ट्रपति निर्वाचनको मूख्य मुद्दा नै इस्लामिक आतंकवाद रहेको छ। सन् २०१५ देखि अहिलेसम्म फ्रान्समा भएको इस्लामिक अतिवादी आक्रमणमा २ सय ३८ जना मारिइसकेका छन्। जस मध्ये धेरै घटनाको जिम्मेवारी आईएसले लिएको छ । (एजेन्सी)
प्रकाशन मिति–२०७४ साल बैशाख ८ गते शुक्रबार ।