Box film Award 3काठमाडौ। नेपाल वाहिर प्रवासमा विभिन्न मुलुकमा आयोजना हुंदैआएको नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड यो बर्ष बेलायतमा हुने क्रममा रहेको छ। जुलाई १ तारिखका दिन बेलायतको लण्डन अल्डरसटस्थित एम्पायर हमाल उक्त अवार्ड आयोजना हुन गैरहेको जानकारी यस अवार्ड कार्यक्रमका संस्थापक आरके सुवेदीले बताएका छन्।

Box film Award 1यही अवार्ड कार्यक्रमको आयोजना गर्ने क्रममा नेपालवाट बेलायतमा विहीवार २६ जना चलचित्रकर्मीहरु पुगेका छन्। बेलायतमा पहिलो पल्ट भव्य तथा सभ्य रुपमा हुन गैरहेको यस अवार्ड कार्यक्रमको आयोजना बेलायतस्थित थर्ड आइले गरेको हो।

अवार्ड कार्यक्रमका लागि बेलायत पुगेका कलाकारहरुमा करिश्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापा आदि रहेका छन्।

पहिलो पटक बेलायत पुग्दा ज्यादै उत्साहित भएको नायक आर्यन सिग्देलको भनाई रहेको छ। सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले बेलायतमा हुन गैरहेको यस अवार्ड कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई थप उचाईमा लाने विश्वास व्यक्त गरेकी छन्। नायिकाहरु केकी अधिकारी, सुरबीना कार्की र नम्रता योगी पनि लण्डनको हिथ्रो विमानस्थलमा ओर्लंदा थकित तर उत्साहित देखिन्थे । उनीहरुले पनि यो अवार्ड कार्यक्रम उत्सव मात्र नभइकन महाउत्सवका रुपमा आफूहरुले लिएको प्रतिक्रिया व्यक्त गरेका छन्।

बेलायतमा पहिलोपटक हुन लागेको यो अवार्ड कार्यक्रमको उद्देश्य नेपाली चलचित्रको बेलायतमा प्रमोसन गर्नु रहेको कार्यक्रम संयोजक थर्ड आइका विकास देवकोटाले बताएका छन्।

Box film Award 3प्रकाशन मिति–२०७४ साल असार १६ गते शुक्रबार ।