काठमाडौ। नेतृत्व विकासमा बोल्ने कलाले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। जसले राम्रो बोली बोल्न सक्छ। त्यसैले कुनैपनि समाज तथा देश हाँक्न सक्छ। दुईजनाको अगाडि निर्धक्क बोल्न नजानेर नै धेरै मानिस पछि परिरहेको यथार्थता सवै सामुन्ने रहेको छ।

Photo By: Minesh Bajracharya/ Bajracharya Club.

त्यो यथार्थतालाई चिर्दै बज्राचार्य क्लबले शनिवार काठमाडौमा बोल्ने कला अर्थात उद्घोषण कला तालिम संपन्न गरेको छ। १० दिने उद्घोषण कला तालिमको काठमाडौको यंगाल स्थित इकुवहालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बौद्ध विव्दान यज्ञमानपति बज्राचार्यले तालिममा सहभागी १० जना प्रशिक्षाथीहरुलाई प्रमाण–पत्र प्रदान गरेका छन्।

Photographer: Minesh Bajracharya

प्रमाण–पत्र वितरण गर्दै बौद्ध विव्दान बज्राचार्यले उद्घोषण कला तालिम अत्यन्त लाभदायक बनेको र यसले नेतृत्व विकासमा उल्लेखनिय मदत गर्ने विचार व्यक्त गरेका हुन्। कार्यक्रममा भिजन संसारका समाचार सम्पादक श्याम स्मृतले पनि बोल्नेको नै जमाना भएको र त्यसको लागि बोल्ने कला उद्घोषण तालिमले अत्यन्त महत्वपूर्ण योगदान दिने भएकोले तालिमका सहभागीहरुलाई बधाई ज्ञापन गरेका थिए।

१० दिने उद्घोषण कलाको तालिम अग्रज संचारकर्मी निर्मल बज्राचार्यले प्रदान गरेका थिए। हजारौलाई बोल्ने कला उद्घोषण तालिम प्रदान गरेर सवैको गुरु बनेका बज्राचार्यलाई सवैले कार्यक्रममा नमन गरेर उच्च सम्मान प्रदान गर्ने कार्य पनि भएको थियो। मिस नेवा–२०११ सुनिता डंगालको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता बज्राचार्य क्लबका अध्यक्ष ज्योति बज्राचार्यले गरेका थिए। अध्यक्ष बज्राचार्यले उद्घोषण कला तालिम पहिलो पल्ट आफ्नो क्लबले प्रदान गरेको र निकट भविष्यमा यस्ता उपलव्धीमूलक कार्य गर्दैजाने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७४ साल मंसीर १६ गते शनिवार ।