Ambar Gurung 2काठमाडौ। नेपालको राष्ट्रिय गीतका संगीतकार एवम् बरिष्ठ गायक एवम् संगीतकार अम्बर गुरुङ्ग फेरि अस्पताल भर्ना भएका छन्।

खाने नलीमा समस्या उत्पन्न भएपछि गुरुङ्गलाई काठमाडौको धापासी स्थित ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा सोमवार भर्ना गरिएको थियो। उपचार पछि गुरुङ्गको स्वास्थ्यमा क्रमिक सुधार आएको गुरुङ्गका छोरा राजु गुरुङ्गले जानकारी दिएका छन्।

राजुका अनुसार गुरुङ्गलाई अझै केही दिन अस्पतालमा राखिने छ। अढाई महिना अघि गुरुङ्गलाई भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा खाने नलीमा पलाएको ट्युमरको उपचार गरेर नेपाल ल्याइएको थियो। गुरुङ्गलाई पार्किन्सन रोगको पनि समस्या रहेको छ। गुरुङ्ग नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका प्रथम कुलपति समेत हुन्।

Ambar-Gurungप्रकाशन मिति–२०७३ साल जेठ १९ गते बुधवार ।