Basanta Ritu 3

काठमाडौ। नेपाली चलचित्र उद्योगमा एउटा इतिहास कायम गरिसकेका बरिष्ठ चलचित्रकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा नयाँ चलचित्र बसन्त ऋतुको निर्माण हुने भएको छ। काठमाडौको कीर्तिपुरस्थित हिलसाइड रिसोर्टमा आयोजित भव्य कार्यक्रम वीच यस चलचित्र बसन्त ऋतुको शुभ–साइत भएको छ।

Vetran Film Director & Writer Mr. Pawan Joshi
Vetran Film Director & Writer Mr. Pawan Joshi

सोमवार आयोजित शुभ–साइत कार्यक्रममा चलचित्र बसन्त ऋतुका लेखक तथा निर्देशक पवन जोशीले चलचित्रको कथाले नेपाली समाजलाई एकपल्ट चकित पार्ने र अढाई घण्टा दर्शकहरुलाई हलमा बाँधिरहन सफल हुने दावी नै गरेका छन्। कथा तथा पटकथा अनि संवाद अत्यन्त सशक्त भएको कारण चलचित्र बसन्त ऋतु बेजोड चलचित्र बन्ने जिकिर पनि लेखक तथा निर्देशक जोशीको रहेको छ।

Basanta Ritu 1कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यमा भएको शुभसाइत कार्यक्रममा बसन्त ऋतुका कलाकारहरु किशोर महर्जन, अनु महर्जन, राजेन्द्र महर्जन, शोभा महर्जन, सुरेश महर्जन लगायतले मुहुर्त शटमा अभिनय गरेका थिए। कार्यक्रममा बरिष्ठ सिने पत्रकार विजय रत्न असंबरे लगायतले चलचित्र बसन्त ऋतु र यसको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।

धुँ देय् प्रोडक्सन प्रा.लि.का लागि निर्माता रामकृष्ण धिनाको निर्माण रहने चलचित्र बसन्त ऋतुमा गुज्ये मालाकारको संगीत तथा राजेश शाक्यको छायाँकन रहने भएको छ। चलचित्रको छायाँकन यसै हप्तावाट प्रारम्भ हुने भएको छ। चलचित्र बसन्त ऋतु नेपालभाषा र नेपाली दुवै भाषामा निर्माण हुने भएको छ।

Basanta Ritu 2प्रकाशन मिति–२०७४ साल भाद्र १२ गते सोमवार ।