Basanta jang Rayamaghi passed awayकाठमाडौ। नेपाली चलचित्र उद्योगका बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको आज बुधवार विहान ८ वजे दुःखद निधन भएको छ। लामो समय देखि काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार्थ रहेका नृत्य निर्देशक रायमाझीको ८१ बर्षको उमेरमा निधन भएको नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्काले बताएका छन्।

पूर्वअध्यक्ष खड्काका अनुसार स्वर्गवासी नृत्य निर्देशक रायमाझीको कमलादीमा विहान १०.३० बजेदेखि मध्यान्ह १२ बजेसम्म अन्तिम श्रद्धान्जली र सम्मानको लागि राखेर अन्त्यस्तिको लागि पशुपति आर्यघाट लगिने भएको छ।

नृत्य निर्देशक बसन्तजंग रायमाझीले नेपाली चलचित्र उद्योगमा तीसको दशकदेखि पचासको अन्तसम्मका चलचित्रहरुमा विशेष योगदान दिएका थिए।
प्रकाशन मिति–२०७२ साल माघ २० गते बुधवार