काठमाडौ। नेपालका राष्ट्रिय गीतका संगीतकार एवम् बरिष्ठ संगीतकार अम्बर गुरुङ्गलाई उपचार्थ भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा भर्ना गरिएको छ। लामो समयदेखि खानेकुरा खान तथा पचाउन समस्या देखिएपछि काठमाडौको टोखारोड स्थित ग्रान्डी अस्पतालामा भर्ना भएका संगीतकार गुरुङ्गलाई ग्राण्डीकै रिफरमा मेदान्त अस्पतालमा भर्ना गरिएको पारिवारिक सूत्रले बताएको छ।

Amber Gurung In Medanta Hospital

७७ बर्षिय संगीतकार गुरुङ्गको उपचारमा मेदान्तको अन्कोलोजी र डाइजेस्टिभ युनिटअन्तर्गतका डा.अशोक बैध तथा डा.रणधिर सुद संलग्न रहेका छन्। संगीतकार गुरुङ्गको पेटको सिटीस्क्यान, इन्डोस्कोपी लगायतका जाँच परीक्षण पूरा भएपछि मात्र थप उपचार प्रकृया शुरु गरिने क्रममा संवन्धित चिकित्सकहरु रहेका छन्।

लामो समयदेखि पार्किङ्गसन रोगवाट समेत ग्रसित संगीतकार गुरुङ्गको उपचार्थ सरकारले पनि मासिक रुपमा गत महिनावाट सघाउंदै आएको बताइएको छ।
प्रकाशन मिति–२०७२ साल माघ १८ गते सोमवार ।