Bam Dev Gautam & Sanjay Gautam

काठमाडौ। तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार भएजस्तै बर्दियामा नेकपा एमालेका बरिष्ठ नेता एवम् उपाध्यक्ष बामदेव गौतमको हार भएको छ।

अपत्यारिलो तरिकाले बामदेव गौतम बर्दिया–१ बाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमसंग पराजित बन्न पुगेका छन्। नेपाली काँग्रेसका गौतमले ४४ हजार ८ सय २९ ल्याएर विजयी भए।

नेकपा एमालेका बरिष्ठ नेता गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका छन्। काँग्रेसका उम्मेदवारले ल्याएको मत एमाले नेता गौतमको भन्दा ७ सय ५३ बढी छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २४ गते आइतवार ।