Earthquake

काठमाडौ। आज बुधवार दिउंसो बर्माको म्यानमारमा शक्तिशाली भूकम्प गएको छ। म्यानमारको मध्य क्षेत्र केन्द्रविन्दू भएर ६ दशमलव ८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

म्यानमारको भूकम्पको हल्का धक्का नेपालको राजधानी काठमाडौ लगायत पूर्वी भागमा समेत महशुश गरिएको छ।

त्यसैगरी यसअघि आज बुधवार विहान इटलीमा गएको ६ दशमलव २ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले ३७ जनाको ज्यान लिएको छ। भूकम्पले इटलीको रोम नजिकैको शहरलाई ध्वंस्त बनाइदिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ ८ गते बुधवार ।