काठमाडौ। बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो सम्पूर्ण सम्पत्ति छोरा–छोरीको नाममा राखिदिएका छन्। कानूनी रुपमा नै अमिताभ बच्चनले छोरा अभिषेक बच्चन र छोरी स्वेताको नाममा बरोबरी रुपमा बांडिदिएका हुन्।

Amitabha Bachhan Family 2

विश्वका प्राय मुलुकमा बाउ–आमाको सम्पत्ति केवल छोराले मात्र पाउने गरेको परम्परागत परम्पराको अन्त गरेर भारतीय संस्कृतिमा नयाँ आयाम थप्न अमिताभ बच्चनले यसप्रकारको कार्य गरेको ठहर सवैले गरेका छन्।

अमिताभ बच्चनले आफ्नो जीवनकालमा नै छोरा–छोरीलाई सम्पत्ति बांड्नुको पछाडि कुनै घर–झगडा नभएको र आफ्नो राजीखुशीले गरेको समेत स्पष्ट पारेका छन्। सम्पत्तिका नाममा अनेकन लफडा तथा घर–झगडा हुने भएकोले त्यस्तो कही कतै नहोस् भन्ने सन्देश प्रवाह गर्न यसप्रकारको कार्य गरेको अमिताभ बच्चनले भनेका छन्।

Amitabha Bachhan Family 1प्रकाशन मिति–२०७३ साल फागुन २६ गते विहीवार ।