karina-kapoor-1

काठमाडौ। बलिउडकी हक्की अनि हट अभिनेत्री करिना कपुरलाई पुत्रलाभ भएको छ। मंगलवार विहान ७.३० बजे मुम्बईको ब्रीच केन्डी अस्पतालमा करिनाले पुत्रलाई जन्म दिएकी हुन्।

karina-kapoor-3

चार बर्षअघि बलिउड अभिनेता सैफ अली खानसँग विवाह गरेकी करिना पुत्रलाभवाट अत्यन्त खुशी बनेको भारतीय समाचार माध्यमहरुले जनाएको छ। करिना पति अभिनेता सैफले छोरा र आमा दुवैको स्वास्थ्य अत्यन्त राम्रो रहेको भनेका छन्। सैफले छोराको नाम तैमुर खान अली पटौदी राखेको समेत भनेका छन्।

karina-kapoor-2

करिनाको पहिलो सन्तान भएतापनि सैफको भने यो तेश्रो सन्तान भएको भारतीय समाचार माध्यमले जनाएको छ। सैफको पहिलो पत्नी अमृता सेनको तर्फवाट एक छोरा र एक छोरी छन्। अमृतासँगको डिभोर्स पश्चात सैफले करिनासँग प्रेम विवाह गरेका हुन्।
प्रकाशन मिति–२०७३ साल पुष ५ गते मंगलवार ।