mamata-sharma-1काठमाडौ। नेपाली चलचित्रमा काम गरिसकेका मोडल ममता शर्मा यतिबेला बलिउडमा छाउन थालेकी छन् । हिन्दी चलचित्र द पावर बाट बलिउड सिने नगरीमा प्रवेश गरेकी ममता शर्मालाई यतिबेला कामको चापले डेट मिलाउन हम्मे हम्मे परिरहेको उनको सहयोगीले जानकारी गराएका छन्।

mamata-sharma-4

दुई नेपाली चलचित्रमा काम गरेकी भएपनि ती चलचित्र प्रदर्शनमा आउँन सकिरहेको छैन। केही समय पहिले नेपाल आएको बेला नेपालका लोकप्रिय गायक राजेशपायल राईको चर्चित गीत लाखौं जमना बोलको म्युजिक भिडियोमा मोडलिङ्ग गरकी थिईन् जुन म्युजिक भिडियो यतिबेला युवट्युवमा पनि हेर्न सकिन्छ।

mamata-sharma-3

युवराज वाईबाको निर्देशन रहेको सो म्यूजिक भिडियोमा ममतालाई मोडेल योजराज पाण्डेले साथ दिएका छन् । नयाँ दिल्ली, गुँणगाउँ बस्दै आएकी ममता शर्मा स्थानीय स्तरमा निर्माण हुने प्राय प्रायजसो म्युजिक भिडियोमा काम गर्दैआएकी छन् भने फिल्ममा पनि त्यतिकै व्यस्त बनेकी छन् ।

mamata-sharma-2

प्रकाशन मिति–२०७३ साल मंसीर २० गते सोमवार ।