Sunny-Leone-in-Nepal-2काठमाडौ। क्यानेडेली मूलकी बलिउड स्टार सन्नी लियोन सोमवार दिउंसोतिर नेपाल आएकी छन्। काठमाडौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पति ड्यानियलका साथ देखा परेकी सन्नीले अत्यन्त मन्द–मुस्कानका साथ नेपाल आउन पाउंदा आफूलाई अत्यन्त खुशी महशुश हुने प्रतिक्रिया व्यक्त गरेकी छन्।

Sunny-Leone-in-Nepal-1

काठमाडौको एक तारे होटलमा आयोजना हुने जिंक भोडकाको प्रमोसनल समारोहमा भाग लिन सन्नी आएकी हुन। सन्नीले जिंक भोडका सेल्फी विथ सन्नी कार्यक्रममा भोडका प्रेमीहरुसंग सेल्फी पोज दिएर सहभागिता जनाउने समाचार स्रोतले बताएको छ। सन्नी भोडकाको ब्राण्ड एम्बासडर हुन्। यो समेत सन्नीले नेपाल तीन पल्ट आइसकेकी छन्।
प्रकाशन मिति–२०७३ साल असार १३ गते सोमवार ।