2sanam newsकाठमाडौ। लण्डनमा लामो समयदेखि प्रतिक्षारत बहुचर्चित नेपाली नाटक समय दृष्य मंचन हुने भएको छ। यही अप्रिल महिनाको २३ तारिखका दिन नयाँ बर्ष २०७३ साल बैशाख ११ शनिवार लण्डनको साउथ रिडिङ्ग एण्ड कम्युनिटी सेन्टरमा लण्डनको समयअनुसार सांझ ६ बजे भव्य रुपमा मन्चन हुनगैरहेको छ।

शिक्षा नै धन हो नारा बोकेको फस्ट एजुकेट नेपालको प्रस्तुति तथा इनास युकेको सपोर्टमा मंचन हुन गैरहेको नाटक समय दृष्यमा समसामयिक नेपालीहरुको यथार्थतालाई रंगमंचमा प्रस्तुत गर्ने प्रयास भएको छ। तेन्जी लामा पाख्रिनको कन्सेप्ट तथा भक्त स्याङ्गतानको लेखन रहेको समय दृष्यमा लण्डनमा रहेका रंगमंचका शिल्पी कलाकारहरुको बेजोड प्रस्तुति हुने जानकारी नाटकका निर्देशक सनमकुमार बैरागले बताएका छन्।

नेपाली रंगमंचमा विगत तीन दशकदेखि अनवरत क्रियाशील रंगकर्मी तथा निर्देशक बैरागको लामो समयदेखिको तयारीको मेहनतको प्रतिकको रुपमा पनि नाटक समय दृष्यलाई हेरिएको छ। समय दृष्यले लण्डनको थियटरको इतिहासमा बेग्लै गौरवता राख्ने कुरामा लण्डनमा रहेका रंगकर्मीहरु एकमत रहेको पाइएको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र १७ गते बुधवार ।