ललितपुर । बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन नायक बनेका छन्। स्पाइनल कर्ड इन्जुरीको कारण अशक्त भएतापनि सशक्त अभिनय गरेर स्वतन्त्रले फेरि एकपटक सवैलाई चकित पारिदिएका छन्। आत्मबलका अत्यन्त धनी कलाकार महर्जन नायक बनेको गीतको म्युजिक भिडियोको बोल नै नजाउ टाढा क्षितिजमा हो।

दीपक विवश आँशुको शव्द रचना तथा गायिका कल्पना श्रेष्ठको बुलन्द गायन रहेको गीतका संगीतकार मञ्जु नकर्मी रहेका छन्। संसार्स अनलाइन टेलिभिजनका लागि संसार क्रियशन्स नेपालको निर्माण रहेको यस गीतको भिडियोमा स्वतन्त्रले नायकको भूमिकामा गजबले अभिनय गरेका छन्। स्वतन्त्रको नायिका बनेर अभिनेत्री शोभा महर्जनले पनि आफूभित्रको अतुलनीय कलाकारितालाई मज्जाले प्रस्तुत गरेकी छन् साथमा बाल कलाकार सम्बत महर्जनको विशेष अभिनय पनि रहेको छ।

ख्यातिप्राप्त छायाँकार तथा सम्पादक सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको छ भने, परिकल्पना तथा निर्देशन अभिनेता स्वयम स्वतन्त्र महर्जनकै रहेको छ। सहायक निर्देशन प्रेमा महर्जनले गरेकी हुन्।
प्रकाशन मिति–२०७९ साल जेठ १९ गते विहीवार ।