coca-cola-1काठमाडौ। बहुराष्ट्रिय कंपनी कोकाकोलाको नेपालको आधिकारिक कंपनी बोटलर्स नेपालले ३२ बर्षसम्म अनुमति पत्र नलिइकन नेपालमा व्यवसाय सञ्चालन गरिरहेको खुलासा भएको छ। नेपाल गुणस्तर तथा नापतौल नियन्त्रण क्षेत्रिय कार्यालयले बुधबार बालाजु औद्योगिक क्षेत्रमा अवस्थित कंपनीमा अनुगमन गर्दा उक्त कुरा खुलासा भएको राससले जनाएको छ।

कोकाकोलाले वि.स.२०४१ सालदेखि हालसम्म नेपाल गुणस्तर तथा नापतौल नियन्त्रयण कार्यालयमा कुनै अनुमति नलिइकन कंपनी सञ्चालन गरिरहेको अनुगमणको क्रममा फेला परको हो। कार्यालयको अनुमतिपत्र नलिइकन धेरै कंपनीहरु काठमाडौमा सञ्चालन भैरहेको भन्ने उजुरीको आधारमा त्यसरी अनुगमन कार्य गर्दै धेरै कंपनीहरुले अनुमति पत्र नलिइकन कंपनी सञ्चालन गरिरहेको पाइएको क्षेत्रिय प्रमुख शशीभूषण यादवले भनेका छन्।

coca-cola-2अनुगमन टोलीले कोकाकोला कंपनीलाई ३२ बर्षको जरिवाना केवल चार हजार तोकेर असुल गरेको छ। बालाजु औद्योगिक क्षेत्रभित्रै सञ्चालमा रहेका कर्माचार्य प्लास्टिक उद्योग, मोर्डन चप्पल इन्डट्रिज, बालाजु दाल मिलसमेत अनुमतिपत्र नलिइ सन्चालनमा रहेका र ढक–तराजु जाँच नगरेको फेलापरेको छ। यी तीनओटै कम्पनीको ढक–तराजु जफत गराइ तीनदिनभित्र कार्यालयमा हाजिर हुन पत्र पठाइएको कार्यालयले जनाएको छ।

प्रकाशन मिति–२०७३ साल असोज १३ गते विहीवार ।