M B in scooterकाठमाडौ। गोरखा स्थायी घर भएर हाल काठमाडौको मातातिर्थमा बस्ने मोहनबाबु श्रेष्ठले पल्सर बाइक बेचेर नयाँ मोडेलको आकर्षक निलो कलरको डिओ स्कुटर खरिद गरे बाइकबाट भन्दा डिओ स्कुटरबाट मातातिर्थ घरबाट धुम्बाराही स्थित व्यवसायको थाकथलो विजुली पसल आतेजाते गर्न श्रेष्ठलाई सजिलो भएको छ। स्कुटर मल्टीयुजको भएकोले बाइक बेचेर स्कुटर किनेको उनले भनेका छन्।

त्यसमाथि, डिओको मल्टीकलरको आकर्षक स्कुटरले किन्न लोभ लगाइहाल्यो र नकिनै मन नै मानेन भनेर उनले भने। कान्तिपथ स्थित होण्डाको आधिकारिक शो रुम स्याकार कंपनीमा फाइनान्सको किस्तावन्दी योजनामा भएपनि डिओ स्कुटी किनेको सुनाए। बाइक बेचेर स्कुटी किनेदेखि दैनिक जीवनमा अलिकति भएपनि सरलता आएको श्रेष्ठले महशुश गरेका छन्।

घर शहरवाट अलि टाढा भएकोले घरको लागि आवश्यक खाद्यान्न लगायतका सामग्री स्कुटीको डिक्की तथा अग्रभागमा रहेको खाली स्थानमा राखेर लान मिल्ने भएकोले बाइकले भन्दा अत्यन्त सजिलो बनाएको उनको भनाई रहेको छ। विशेषत ३० केजीका चामल डोरीले नबाँधिकनै राखेर सजिलै चलाएर लान मिल्ने भएकोले स्कुटीप्रति आफ्नो आकर्षण बढ्ेको उनले सुनाए।

Scooty fashion 1त्यसमाथि, डिक्की खोलेर हेलमेट, हातेव्याग लगायतका महत्वपूर्ण कागजात पनि राख्न मिल्ने सुविधा भएकोले पनि बाइक भन्दा राम्रो रहेको उनको तर्क रहेको छ। अर्कोतर्फ श्रीमान तथा श्रीमतीेले पालै–पालो चलाउन मिल्ने भएकोले स्कुटी मल्टीयुज साधन भएवाट पनि यसको बेग्लै महत्व रहेको कोरियन कस्मेटिक प्रडक्टको नेपालको आधिकारिक विक्रेता थापा बसन्तले भने। बिजनेशमेन थापा बसन्तले पनि बाइक बेचेर महिन्द्राको स्कुटर खरिद गरेका हुन्।

Scooty fashion 2महिन्द्राको सानो तर चिटिक्क परेको स्कुटरबाट मोहित बनेका थापा बसन्तले उक्त स्कुटर चलाउन थालेको पुगनपुग तीन बर्ष पुग्न लागेको छ। पाटनको धोविघाट बसोबास भएतापनि पाटनकै कुमारीपाटी र काठमाडौको नक्साल स्थित दुई कोरियन कस्मेटिक पसलमा आतेजाते गर्न महिन्द्रा स्कुटरमा सर्रर आतेजाते गर्नमा नै थापा बसन्तले मज्जा मानेका छन्। हल्का भैकनपनि सहज र सरल भएकोले यस स्कुटरप्रति उनको आकर्षण बढ्ेको हो। त्यसमाथि, काठमाडौको लोडसेडिङ्गमा मोवाइल पनि सोही स्कुटरमा चार्ज गर्ने सुविधा भएबाट थप सुविधा पाएको महशुश भएको उनले बताए।

यी विभिन्न कारण तथा काइदाले गर्दा बाइक छोडेर स्कुटरमा हुँइकिने युवाहरुको संख्या नेपालमा दिनानुदिन बृद्धि हुंदैगएको छ । व्यवसायीका अनुसार पछिल्लो समय बाइकको भन्दा स्कुटरको माग उच्च रहेको छ । नेपाली सडकमा स्कुटरको उपस्थिती बाक्लिदो छ । महिला तथा पुरुष दुबैका लागि उपयुक्त, चलाउन सजिलो, समान राख्न मिल्ने हुँदा स्कुटरका ग्राहक बढेका छन् ।

स्कुटर मल्टीयुज गर्न पाइने हुँदा ग्राहकको आकर्षण बाइकमा भन्दा स्कुटरमा बढी देखिएको डिओ स्कुटरको आधिकारिक होण्डा सर्भिस सेन्टर कुपण्डोल हाइटकी सीइओ विनीता नकर्मीले बताइन्। पछिल्लो समय बिवाहित जोडीको एउटै रोजाई स्कुटर हुन थालेको छ । बाइक र स्कुटर दुईवटै खरिद गर्न नसक्नेहरुले साझा प्रयोगका लागि स्कुटर किन्ने गरेको सीइओ नकर्मी बताउँछिन् । महिला वा पुरुष दुवैले चलाउन मिल्ने र सामान बोक्न पनि सजिलो हुने भएकाले नै स्कुटरको आर्कषण बढेको उनले भनेकी छन्।

Scooty fashion 23नेपालको दुई पांग्रे बजारमा स्कुटरको हिस्सा २२ प्रतिशत भन्दा बढी रहेको व्यवसायी बताउँछन्। ग्राहकको आकर्षण स्कुटरतर्फ मोडिन थालेपछि अधिकांश कम्पनीले स्कुटर भित्राउन जोड गरिरहेका छन्। हाल बजारमा आकर्षक डिजाइनमा उच्च प्रविधियुक्त स्कुटरहरु रोजी रोजी किन्न पाइन्छ। दुई पांग्रे सवारी उत्पादक कम्पनीहरु राम्रा–राम्रा स्कुटर बजारमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन्।

डिजाइनमा बाइकलाई चुनौती दिने स्कुटरहरु बजारमा उपलब्ध हुन थालेका छन् । नेपालमा होण्डा, टीभीएस, हिरो, सुजुकी, यामाहा, महिन्द्रा, भेस्पा, डालिम, युएम लगायत कम्पनीका स्कुटरहरु बिक्री हुँदै आएका छन्। सवा लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मका स्कुटर नेपाली बजारमा उपलब्ध रहेका छन् ।
प्रकाशन मिति–२०७३ साल साउन १० गते सोमवार ।