Hari Sharan Sayami in Australiya 1काठमाडौ। नेपाली समसामयिक गीत–संगीतको आयमिक व्यक्तित्वका रुपमा मानिएका हरिशरण सायमीको गायन रहेको तिमीलाई विर्सन्छु बोलको गीत सार्वजनिक भएको छ। सात समुद्रपारि अष्ट्रेलियामा अध्ययनको क्रममा त्यही पिआर समेत बनेका छोरा लकस सायमीलाई हालै भेट्न जाने क्रममा अष्ट्रेलियामा नै शुटिङ्ग गरिएको सायमीको उक्त गीतको भिडियो यतिखेर नेपाली संगीत बजारमा चर्चाको विषय पनि बनेको छ।

Hari Sharan Sayami with Lakash

दर्जनौ दजर्न विभिन्न गीतका संगीतकार, एरेन्जर तथा रेकर्डिष्ट समेत रहेका सायमीको गायन रहेको उक्त गीतको भिडियोमा सायमीको अष्ट्रेलियामा रहेका छोरा लकस उनको साथी बिनुलाई मोडल बनाएर अभिनय गराइएको छ। गीत गायनको दृश्यमा गायक सायमी आफैले पनि अभिनय गरेका छन्।

अष्ट्रेलियामा गीतको भिडियो खिच्ने क्रममा छोरा लकसको अभिनयको बेलामा बाउ हरिशरणले खिच्ने र बाउले अभिनय गर्ने सिनमा छोरा लकसले खिच्ने कार्य गरेका थिए। बाउको अगाडि प्रेम–रोमान्सको क्रममा छोरा लकसलाई साह्रै गाह्रो भएको बताइएको छ। गायक सायमीले भने यसलाई स्वभाविक रुपमा लिएतापनि छोराले अलि अपठ्यारो मानेको प्रतिक्रिया दिएका छन्।

बाउ–छोराले पालैपालो खिचेर अभिनय गरिएको तिमीलाई बिर्सन्छु बोलको गीतमा अष्ट्रेलिया विर्सिनसक्नुका सिनहरु समेटिएको छ। अभिनयको अलावा गायन तथा संगीत र शव्द पनि कर्णप्रिय रहेको छ।

https://youtu.be/zIIV_FJhgm0

प्रकाशन मिति–२०७२ साल फागुन ९ गते आइतवार ।