Bajura 1काठमाडौ। सुदुरपश्चिम नेपालको बाजुरालाई केन्द्रविन्दू बनाएर आज शनिवार विहान ५.५ रेक्टर स्केलको भूकम्प गएको छ।

नेपाली समय अनुसार विहान ४ बजेर २ मिनेटको समयमा बाजुराको जगन्नाथ नजिकै केन्द्रविन्दू बनाएर गएको भूकम्पले बाजुरालाई पूरै हल्लाएको थियो। जसवाट मस्तले सुतिरहेका बाजुराबासी विहानै आतंकित बनेका थिए।

बाजुरालाई केन्द्रविन्दू बनाएर गएको भूकम्प बैशाख १२ र २९ गतेको महाभूकम्पको पराकम्प नभइकन भूकम्प नै भएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। बाजुराको भूकम्पको असर सुदुरपश्चिम र मध्यपश्चिमसहित कास्कीको पोखरा, गुल्मीको तम्घास र पाल्पा लगायतका जिल्लाहरुमा समेत परेको थियो। बाजुरामा भूकम्प गएपछि बारम्बार पराकम्प आएको थियो। यसलेगर्दा पनि धेरै क्षति भयो कि भनेर अनुमान गरिएतापनि त्यसको विवरण भने आउन सकेको छैन्।

प्रकाशन मिति–२०७२ साल पुष ४ गते शनिवार ।