baburam-bhattarai-and-upendra-yadav

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै वैशाख ३१ को स्थानीय चुनाव स्थगित गर्न माग गरेका छन्।

नेपाल सरकारले आफैंले संसदमा दर्ता गरको संविधान संशोधन विधेयक पास नगरी स्थानीय चुनाव घोषणा गरेको भन्दै उनीहरुले यसले देशलाई अस्थिरता र अनिश्चिततारतिर धकेलेको दाबी गरेका छन् । स्थानीय तहको संरचना नै नबनेको र कानुन समेत नभएको भन्दै चुनावका लागि ६ बुँदे माग राखेका छन् ।

नयाँ शक्ति र फोरमले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिर्माजनसहित पास गर्नु पर्ने माग गरेका छन्। संघ र प्रदेशको चुनाव पहिला गर्नु पर्ने भन्दै दुई दलले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन १२ गते विहीवार ।