Manusi-And-Jakendra-shresthaकाठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँशक्तिका प्रणेता डा.बाबुराम भट्टराई र नेतृ हिसिला यमीको एक मात्र सुपुत्री मानुषी यमी भट्टराईको आज शनिवार विवाह भएको छ। बाबुराम हिसिला पुत्री मानुषीको तनहुँ रिसिङ्गकामका जेकेन्द्र श्रेष्ठसंग जनवादी परम्पराअनुसार जनवादी विवाह संपन्न भएको छ।

बाबुराम–हिसिला निवास सानेपामा आयोजित कार्यक्रममा मानुषी र जेकेन्द्र वीच जनवादी विवाह भएको हो। उक्त विवाह समारोहमा दुवै परिवारका सदस्यहरुको अलावा दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, रेखा थापा लगायतको उपस्थिति रहेको थियो।

Manushi and Jekendra Marriage 2

विवाह संपन्न भएको लगतै बेहुली मानुषीले आफ्नो विवाह खर्चको ५० हजार रुपैया त्रिविवि केन्द्रिय पुस्तकालयलाई प्रदान गरेको घोषणा गरेकी छन्। त्यसैगरेर, बैदेशिक रोजागारको क्रममा ज्यान गुमाएका पूर्वजनसेनाकी छोरी फुर्मी तामाङ्गको अध्ययनका लागि ३० हजार रकम सहयोग हस्तान्तरण गर्ने कार्यसमेत भएको थियो।
प्रकाशन मिति–२०७२ साल फागुन १ गते शनिवार ।