Madheshi Morcha Netaकाठमाडौ। प्रधानमन्त्रीको बालुवाटार स्थित निवासमा सतारुढ दल, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र तराई–मधेशमा आन्दोलनरत मधेशी मोर्चाका शीर्ष नेताहरुको त्रिपक्षीय बार्ता शुक्रबार सफल हुन सकेन। बालुवाटारमा सतारुढ दल तथा प्रमुख विपक्षी दलका नेताहरु सांझ ५ बजेदेखि राति ७ बजेसम्म मधेशी मोर्चाका नेताहरुलाई कुरेको कुरै परे। तर, आन्दोलनरत मधेशी मोर्चाका नेताहरु सांझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बार्ताका लागि पुग्ने भनेर भनिएतापनि मोर्चाका नेताहरु बालुवाटार जानुको सट्टा लैनचौर स्थित भारतीय राजदूतावास पुगेपछि बार्ता हुन नसकेको बुझिएको छ।

?????????????????????????????????????????????????????????

तोकिएको समयमा बालुवाटार आउनुपर्नेमा मधेशी मोर्चाका नेताहरु अटेर गरेर भारतीय राजदूतावासमा भारतीय राजदूत रन्जित रायसंग गोप्य मन्त्रणा गर्न व्यस्त भएपछि बार्ता चौपट्ट बनेको हो। मधेशी मोर्चाका महन्थ ठाकुर, उपेन्द्र यादव, लक्ष्मण कर्ण लगायतका नेताहरु भारतीय दूतावास पुगेका थिए।

१ सय १० दिनदेखि आन्दोलनरत मधेशी मोर्चाका नेताहरुले सतारुढ दल तथा प्रमुख विपक्षी दललाई ठाडै झुक्याएपछि बार्ता स्थगित भएको थियो। प्राप्त जानकारी अनुसार, भारतीय राजदूत रायसंग गोप्य मन्त्रणा पश्चात बालुवाटारमा बार्ता नगरिकन मधेशी मोर्चाका नेताहरु आइतवार भारतको दिल्ली जाने भएका छन्। दिल्ली गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग बार्ता गरेर मोर्चाका नेताहरुको योजना रहेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर १८ गते शुक्रबार ।