काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारीवाट मेयर पदमा भारी मतले निर्वाचित मेयर बालेन साह यतिखेर व्यापक चर्चामा छन्। त्यसमाथि, मेयर साहको हेअर स्टाइल देखि दाह्री–जुँगा तथा चश्माको मात्र नभइकन उनले लाउने कोटको पनि चर्चा नै रहेको छ।

बेग्लै स्टाइलमा देखिएका मेयर साह जस्तै देखिने कतिपय सेलिब्रेटी यसअघि पनि देखिदैआएका हुन्। अहिले पनि आफ्नो क्षेत्रमा ख्याति कमाएर बसेका छन्। तिनै सञ्चार तथा योग विज्ञान क्षेत्रका बेग्लै सेलिब्रेटी सिमोन न्यौपानेलाई कतिपयले झ्वाट्टै देखेपछि झण्डै झण्डै काठमाडौ महानगरपालिकाका मेयर बालेन साह पो हो कि भनेर झुक्किने गरेका छन्।

मेयर बालेन साहभन्दा अग्रज सेलिब्रेटी सिमोन न्यौपानेको बेग्लै छवि रहेको छ। तरपनि, गत बैशाख ३० गतेको स्थानीय निर्वाचन पश्चात अर्को बालेन साह भन्न थालेपछि सिमोन न्यौपानेले नयाँ परिभाषा बनाएका छन्। त्यो परिभाषामा सिमोनले यसो भनेका छन्–“बालेन साह पेटमा हुदा म Eightमा थिए, बालेन साह Eight मा हुंदा म डेटमा थिए।” यद्यपि, यो क्षणिक रमाइलोको लागि रमाइलो परिभाषा मात्र भएको बताउने सिमोन न्यौपानेले बालेन साहसंग आफ्नो तुलना हुन नसक्ने र आफूसंग बालेन साहले तुलना गर्न नमिल्ने र अनुहार तथा रुपरंगा अनि स्टाइल मिल्न गएको केवल संयोग मात्र भएको बताएका छन्।

यतिखेर सञ्चार तथा योग विज्ञान क्षेत्रमा व्यापक चर्चित सिमोन न्यौपानेले नयाँ सोच तथा खोज अनुरुप टेक एण्ड इट नामक रेष्टुरेन्टको व्यवसाय पनि केही महिना यता शुरु गरेका छन्। काठमाडौंको माइतिघर मण्डलाको अपोजिट रहेको टेक एण्ड इटको गुणस्तरीय सेवाले छोटो समयमा नै धेरै राम्रो चर्चा तथा परिचर्चा पाउन थालेको छ। जुन सिमोन न्यौपानेको चमत्कारिक आयाम हो।

प्रकाशन मिति–२०७९ साल असार १३ गते सोमवार ।