Married Women.1काठमाडौ। बेलायतको साइन्स डेलीको रिपोर्ट अनुसार बिबाहिता महिलाहरु परपुरुषसँग संवन्ध गाँस्न बढी आतुर हुने गरेको छ । यसो हुनुको पछाडि श्रीमानको बढी शंका तथा डर भएकोले पनि उनीहरु पीडित भएर माया पाउन त्यसो हुने गरेको हो।

बेलायतमा भएको एक अध्ययन तथा अनुसन्धानबाट निक्लेको प्रतिवेदनमा १ सय जना महिलामा ६७ जना महिलाहरु परपुरुषसँग संवन्ध राख्ने गरेतापनि आफ्ना श्रीमानसँग डिभोर्स गर्न नचाहेको उक्त प्रतिवेदनमा उल्लेख रहेको छ । बेलायतको विन्चेस्टर विश्वविद्यालयका यौन तथा प्रजनन विषयका प्राध्यापक तथा शोधकर्ता इरिक एन्डरसनले ३५ देखि ४५ बर्षका उमेर समूहका विवाहित महिलामा केन्द्रित भएर शोध गरेका थिए।

श्रीमानले अनावश्यक रुपमा शंका तथा उपशंका गर्ने भएबाट तनाब हुने र जसबाट यौन जीवन सुखद नहुने भएकोले परपुरुषतिर आकर्षित बन्न उनीहरु बाँध्य भएको पनि ती बिबाहिता महिलाहरुले उक्त शोधमा भनेका छन् । माया तथा यौन तृप्तिको लागि त्यसरी आकर्षित भएतापनि श्रीमानसँग उनीहरुले डिभोर्स नगर्नेखुशीका साथ भनेको कुरालाई शोधकर्ता इरिकले आफ्नो शोधमा उल्लेख गरेका छन् ।

[ File # csp2066481, License # 1607998 ] Licensed through http://www.canstockphoto.com in accordance with the End User License Agreement (http://www.canstockphoto.com/legal.php) (c) Can Stock Photo Inc. / michaeljung

प्रकाशन मिति–२०७४ साल जेष्ठ ८ गते सोमवार ।