Petrol Tanker lineकाठमाडौ। नेपालमा भारतले गरेको अघोषित नाकाबन्दी शुक्रबारवाट अघोषित रुपमा खुलेपछि प्रमुख नाका बीरगंज–रक्सौल नाकावाट सोमवारवाट तेल आएको छ। १ सय ३७ दिनपछि बीरगंज–रक्सौल नाकावाट १५ वटा नेपाल आयल निगमको ट्यांकरले तेल भरेर आएको निगमको अमलेखगन्ज डिपोले जनाएको छ।

१५ वटा ट्यांकरले ३ लाख ६८ हजार लिटर तेल ल्याएको समेत भनेको छ। ती ट्यांकरले पेट्रोल, डिजेल र हवाई इन्धन ल्याएको बताइएको छ। रक्सौलमा २४ ट्यांकरले तेल भर्न गएकोमा १५ वटा आइसकेको र अरुपनि आउने क्रम रहेको छ।

बीरगंज–रक्सौल नाकावाट यसरी नै नियमित रुपमा तेल आउन थालेपछि नेपालमा चर्किएको तेलको हाहाकार एक हप्तामा सामान्य अवस्थामा आउने अनुमान गरिएको छ।
प्रकाशन मिति–२०७२ साल माघ २५ गते सोमवार ।