Bir Hospital inside 2काठमाडौ। नेपालका प्राय नेता तथा कर्मचारीले काठमाडौमा दूरदराजका कुरा गर्छन्। भाषण छाँंट्छन्। सिटामोल नपाएको ठाममा हर्लिक्स पुर्याइदिने मिठा तथा चिप्ला कुरा गरिदिन्छन्। अस्पताल नभएको स्थानमा स्वास्थ्यचौकी दिन नसक्नेहरु अस्पताल बनाइदिने फुर्ति लाउंछन्।

Bir Hospital inside 9

त्यो पनि काठमाडौमा नै बसेर। तर, काठमाडौमा रहेको सुविधा संपन्न भनिएको नेपालको जेठो अस्पताल बीर अस्पतालमा भने ती नेता तथा कर्मचारीहरुको आँखा पुगेर पनि मोटो रकमको चलखेल तथा भ्रष्ट कर्मचारीतन्त्रका कारण बीर अस्पताल आफै बिरामी अवस्थामा पुगेको पाइन्छ। विरामी बनेर बीर अस्पताल पुग्ने कतिपय विरामीका नातागोता तथा आफन्त नाक थुनेर अस्पताल पुग्न बाँध्य छन्।

Bir Hospital inside 7विरामी ट्वाइलेटनेरको बेडमा बसेर उपचार गर्न बाँध्य छन्। वार्डमा पूरै ट्वाइलेट गन्हाउने गर्दछन्। विवश विरामी तथा विरामीका नातागोता–आफन्तहरु त्यस्तो गन्हाउने वार्डमा भएपनि उपचार गराउन बाँध्य बन्नुपरेका छन्। कुरो बीर अस्पतालको इमरजेन्सी वार्डको कुनामा रहेको फिमेल मेडिकल वार्डको यथार्थताले सवैको मन पोल्ने गरेको छ। फिमेल मेडिकल वार्डमा अक्सर ६५ नाँघेका बृद्धाहरु उपचार्थ बसेको पाइन्छन्।

Bir Hospital inside 4प्राय दमका रोगी त्यस वार्डमा भर्ना भएर उपचार गरिरहेको अवस्था पाइएको छ। अत्यन्त संवेदनशील विरामीको उपचार गरिने त्यस वार्ड स्वच्छ र सफा देखिदैन। भित्ता तथा सिलिङ्गहरुमा माकुराका जालै जाल देखिन्छ। पानी चुहिएको फोहोरी भित्ताले बीर अस्पतालको विजोग देखाइरहेको प्रतित हुन्छ। भूकम्पले चर्काएको भित्तालाई सामान्य मर्मत तथा रंगरोगन समेत गरेको पाइएन। ट्वाइलेटनेरै विरामी राखिने बेड नंबर ८ राखिएको छ।

Bir Hospital inside 8विवश विरामी लम्पसार भएर नाक थुन्दै नाकमा नै अक्सिजन लाउंदै उपचार गर्नुपर्ने विडम्बना देखिदा कर्णालीको दुःखको कुरा गर्ने नेता तथा कर्मचारीले बीर–अस्पतालको त्यो वार्डलाई किन देख्दैनन भनेर ७८ बर्षिय आमाको उपचार गर्न त्यहाँ पुगेका काठमाडौ डल्लुका डेविड श्रेष्ठ आक्रोस पोख्छन्।

Bir Hospital inside 15नेपालको राजधानी काठमाडौको जेठो अस्पताल बीर अस्पतालको बृद्धि विकासको लागि सामान्य सिन्को नभाच्ने तथा अस्पतालको विकासका लागि आउने रकम अनेकन प्रपंच गरेर गोजीमा राख्ने भ्रष्ट कर्मचारीतन्त्र तथा नेताहरुको रबैयाले बीर अस्पताल आफै नराम्ररी थला परेको श्रेष्ठको जिकिर रहेको छ।

Bir Hospital inside 6सोही अस्पतालको सोही वार्डमा आफन्तको विरामी आमालाई हेर्न पुगेकी ललितपुर लगनखेलकी रोजी जोशी पनि अस्पतालको त्यो हालत तथा बस्तुस्थितिले अस्पतालवाट फर्कदा आफै विरामी भएको प्रतिक्रिया व्यक्त गरेकी छन्। त्यहाँको बाताबरणले बाहिरवाट विरामी हेर्न जानेहरु पनि त्यहाँको उकुस–मुकुस दूषित बाताबरणले उल्टै विरामी बन्ने गरेको जोशीको जिकिर रहेको छ।

Bir Hospital inside 3बीर अस्पतालको एउटा वार्डमा देखिएको यस्तो अव्यवस्था प्रतिनिधि पात्र जस्तो देखिएतापनि समग्र बीर अस्पतालको अवस्था त्यस्तै देखिन्छ। स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने भनिएका नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापा यदाकदा बीर अस्पताल पुगेर अनुगमन गर्न गएको केही दिन त नभनौ केही समय अवस्था राम्रो जस्तो देखिने गरेपनि गलत सोचका सरकारी मनस्थितिका भ्रष्ट कर्मचारीका नियतले अस्पताल फेरि पुरानै अवस्थामा आउने गरेको धेरै विरामीहरुको अनुभव रहेको छ।

Bir Hospital inside 16

यसर्थ दूरदराजको कुरा गर्नेहरुले काठमाडौमा बसेर काठमाडौकै बीर अस्पतालको अवस्थालाई ठीक बनाउन सक्दैनन्। उनीहरुले दूरदराजका अस्पताल लगायतका स्थान कहाँवाट स्वच्छ र स्वस्थ बनाइदिने हुन भनेर प्रश्न तेर्साउनेहरुलाई उचित जवाफ उनीहरुले दिन सकेको देखिदैनन्।

Bir Hospital inside 1प्रकाशन मिति–२०७४ साल बैशाख २१ गते विहीवार ।