काठमाडौं। विश्व प्रसिद्ध नेपालका स्वामी आनन्द अरुणले नेपाललाई ध्यान तथा योगको केन्द्र वनाउन आव्हान गरेका छन्। राजु भट्ट अध्यक्ष तथा महाप्रवन्धक रहेको न्यूजलाइन्स नेपाल मिडियाको चौथौं बार्षिक उत्सवका अवसरमा स्वामी अरुणले प्रमुख अतिथिको आसनवाट उक्त आव्हान गरेका हुन्।

विश्वका लाखौं लाख पर्यटकहरुको ध्यान तथा योगको हबको रुपमा नेपाललाई बनाउन सक्ने तथा नेपालमा एकजना विदेशी पर्यटक आएमा आठजनासम्मले रोजगारी प्राप्त हुने तर्क पेश गर्दै स्वामी अरुणले माघ १ गते विश्व योग दिवस मनाएजस्तै महामानव भगवान बुद्धको जन्म दिन बुद्ध जयन्तीका दिन विश्व ध्यान दिवसका रुपमा घोषणा गर्न र गराउन नेपाल सरकारलाई अनुरोध गर्ने कार्य पनि स्वामी अरुणले गरेका छन्।

न्यूजलाइन्स नेपालकी प्रवन्ध निर्देशक रिता ढकालको सभापतित्वमा भएको चौथो बार्षिक उत्सव कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ का सभापति रामप्रसाद न्यौपानेले स्वागत भाषण गर्दै नेपाली राजनीतिलाई सही ठेगानमा ल्याउन मिडियाको अत्यन्त भूमिका रहेको वताएका थिए।

रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमला लगायतले शुभेच्छा मन्तव्य राखेको कार्यक्रममा नेपालका कृषि विज्ञ हरिकुमार श्रेष्ठ देखि सौन्दर्यविज्ञ सुषमा महरासम्मलाई सम्मान गरिएको थियो।

प्रकाशन मिति–२०७७ साल माघ ११ गते आइतवार ।