Bharat Bomzonकाठमाडौ। चालिसको दशकदेखि गीत लेख्दैआएका बुनियाद गीतका गीतकार भरत बमजनको शव्दवानमा बर्ष दिनको तिज आयो सुन संगी हो बोलको तिज गीत सार्वजनिक भएको छ।

तिमी जति टाढा गएपनि तिम्रो याद आउंछ, बैगुनी रैछौ मायालु जस्ता दर्जनौ हिट गीतका स्रष्टा गीतकार बमजनको तिज गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको छ।

भरत बमजनको शव्द तथा लय रहेको यस तिज गीतमा गायिका इन्दिरा तिवारी रजकको गायन रहेको छ। गत बर्ष पनि गीतकार बमजनको शव्द तथा लयमा तिज गीत आइसकेको छ। गत बर्षको तिज गीतले जसरी मार्केट लिएको छ–त्यसरी नै यो बर्षको तिज गीतले धुम मच्चाउने अपेक्षा बमजनले गरेका छन्।

Bharat Bomzon ko Teej geet

प्रकाशन मिति–२०७३ साल साउन २७ गते विहीवार ।