–सुनकुमार अवाल
काठमाडौं। बुनियाद गीतका गीतकार घनवहादुर थापाको गीत सार्वजनिक भएको छ। गीतकार थापाको तिमीलाई नै बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल गायन रहेको मायाबी गीत “तिमीलाई नै” गीतकार थापाको पछिल्लो अनुपम सिर्जना ठहर भएको छ। इनाक्षी इन्टरटेनमेन्ट अष्ट्रेलियाको युट्युव च्यानल मार्फत विश्वव्यापी रिलिज भएको गीतको भिडियोमा गायक तथा गायिकाको नै युगान्तकारी अभिनय रहेको छ।

गीतको म्युजिक भिडियोमा दिपकराज विश्वकर्माको सङ्गीत तथा निर्देशन रहेको छ।

प्रकाशन मिति–२०७८ साल पुस २६ गते सोमवार ।