Jadugar Sushil 1काठमाडौ। नेपालका प्रथम जादुगर द ग्रेट सुशीलले नेपालमा जादु देखाउन थालेको ६३ बर्ष भैसकेको छ।

नौ बर्षको उमेरदेखि जादुकला देखाउने कार्य गर्दैआएका जादुगर द ग्रेट सुशील यो बर्षवाट ७२ बर्ष पुगिसकेका छन्।

चढ्दो उमेरमा पनि उत्तिकै जोशिला देखिएका जादुगर सुशीलको व्यस्ततामा कमी भएको छैन्। पूर्वी नेपालको झापाको चन्द्रगढीमा जादुगर सुशीलका पिताले जादु देखाउंदै गर्दा स्टेजमा नै पिताजीको देहान्त भएपछि पितालाई काखैमा लिएर नौ बर्षको उमेरमा जादु देखाएका थिए। Jadugar Sushil 3पिता–पूर्खाको पुस्तैनी काममा निरन्तरता दिदैआएका जादुगर सुशील उमेरको हकमा बृद्ध भत्ता खाने उमेरमा पुगिसकेका छन्। तर, जादुगर सुशीलसँग नेपाली नागरिकता नभएको कारण बृद्धभत्ता पाउन सकेका छैनन्।

Jadugar Sushil 2नेपालमा ७० बर्ष पुगिसकेका नेपाली नागरिकलाई मासिक २ हजार सरकारले भत्ता दिने गरेको छ। नेपाली नागरिकता बनाउन जादुगर सुशीलले धेरै कोशिश गरेतापनि सफल हुन सकेका छैनन्।

६३ बर्षदेखि नेपालमा निरन्तर बस्दैआएका जादुगर सुशील नेपाली नागरिकता नपाउनुको पीडा बाहेक अरु उनमा देखिएको छैन्। जसको असर हुर्कदो छोरा–छोरीलाई समेत परेको र उनीहरुको पनि नेपाली नागरिकता बनाउन नसकेको पीडा उनमा रहेको छ। यसो भएतापनि निरन्तर जादुकला देखाउने कार्यमा अत्यन्त व्यस्त बनिरहेका जादुगर सुशीलले जादुगरको देश नेपाल विश्वमा चिनाउने कोशिश गरिरहेका छन्।

Jadugar Sushil 5प्रकाशन मिति–२०७३ साल चैत्र ११ गते शुक्रबार ।