Blood Donation Bafal 1काठमाडौ। नेपालका उद्योग मन्त्री नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संपन्न भएको छ। शनिवार काठमाडौको रिङ्गरोड बाफल चोकमा आयोजित कार्यक्रममा उल्लेखनिय जनसहभागिता रहेको थियो।

सामाजिक अभियन्ता स्वर्गिय कृष्ण बहादुर श्रेष्ठ (फाजु) को प्रथम बार्षिक पुण्यतिथिमा फाजु परिवार तथा श्रीशक्ति समूहको आयोजनामा कार्यक्रम भएको थियो। कार्यक्रममा बुद्धमाई सर्जरी सेन्टर अस्पताल तथा कान्तिपुर डेन्टल कलेजका चिकित्सकहरुले स्वास्थ्य शिविरमा सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेका थिए।

Blood Donation Bafal 2

बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमवाट सयौं सर्वसाधारण लाभान्वित बनेको आयोजक श्रीशक्ति समूहका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले जानकारी दिएका छन्। प्रमुख अतिथि उद्योग मन्त्री नविन्द्रराज जोशीले फाजु परिवार तथा श्रीशक्ति समूहले गरेको यसप्रकारको सामाजिक कार्य अत्यन्त प्रशंशनीय रहेको प्रतिक्रिया दिएका छन्।

रक्तदान कार्यक्रममा सफल उद्योगी विष्णु पुरुष, सामाजिक अगुवा रमेश कुमार श्रेष्ठ, समाजसेवी सविना मानन्धर, रमिता प्रधान, एसएन श्रेष्ठ लगायतका गन्यमान्य व्यक्तित्वहरुले पनि रक्तदान गरेका थिए।

Blood Donation Bafal 3प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।