sanu-tamang-1

काठमाडौ। धादिङ्ग सत्यदेवीकी २३ बर्षिया सानु तामाङ्ग कलाकार बन्नुमा चर्चित हांस्य अभिनेता बेमान रवि डंगोलको विशेष भूमिका रहेको छ। बेमान डंगोलकै प्रेरणाले कलाकार बनेको बताउने सानुले कमेडी फिल्म चटपटेमा अभिनय गरिसकेकी छन्। विशेषत अभिनयको अलावा मोडलिङ्ग गर्नमा अत्यन्त रुचि राख्ने सानु बेमानलाई अभिनयको प्रेरक व्यक्तित्व भन्न रुचाउंछिन्।

sanu-with-bemanअघिल्लो बर्ष बेमान डंगोल धादिङ्गमा स्टेज प्रोग्राम देखाउन आउंदा ठाडै परिचय गर्न पुगेकी थिइन्। उक्त परिचको भएको समयमा लाजै नमानिकन बेमानले स्टेजमा बोलेको डाइलग धाराप्रवाह उनकै अगाडि बोलेर सुनाइदिएपछि बेमान मक्खै परेका थिए। अनि त सानुलाई तपाई कलाकारितामा लाग्नुस् भनेर प्रेरणा दिएका थिए। बेमान डंगोलले काठमाडौमा रहेका फोटोग्राफर नविन के श्रेष्ठलाई परिचय गराएपछि श्रेष्ठवाट उनको रत्न जोशीसंग परिचय भयो।

sanu-tamang-2

रत्न जोशीको कमेडी फिल्ममा अभिनय गर्न पाएको त्यो क्षण तथा पललाई उनले भुलेकी छैनन्। बोल्नमा फरासिली तथा फ्राँक मानिएकी सानुको ठूलो योजना भन्नु नै अभिनय तथा मोडलिङ्गमा जम्नु हो। त्यसको लागि नै अहोरात्र कसरत गरिरहेको उनले भनेकी छन्। बेमानको विजुली बनेर अभिनय गर्ने हो कि भन्ने भिजन संसारको प्रश्नमा बेमानको विजुली त होइन, विजुलीकी छोरी बन्न भने तयार छु भनेर उनले खुलेरै भन्छिन्।

sanu-tamang-3प्रकाशन मिति–२०७३ साल असोज ९ गते आइतवार ।