काठमाडौ। कुनैबेला नेपालको राजदरबारमा समेत बेमान उपनामको कारण चर्चाको विषय बनेका चर्चित हाँस्य अभिनेता रवि डंगोल यतिखेर निर्देशनतिर अगाडि बढे्का छन्। नेपालभाषाको चलचित्र व मिसा पछि तीनभाषाको चलचित्र टेम्पो चालक निर्देशन गरेका उनै बेमान रवि डंगोलको पछिल्लो निर्देशनको चलचित्र फिर्के प्रदर्शनको संघारमा पुगेको छ।

आगामी पुष १४ गते प्रदर्शन मिति तोकेर यस चलचित्र फिर्केको दुई पोस्टरको फस्ट लुक रिलिज गरिएको छ। इकु नामले अत्यन्त चर्चित अर्का हाँस्य अभिनेता सुलेमान शंकर अर्थात ईकु यस चलचित्रको हिरो रहेको छ। ईकुको कमेडी तथा रोमान्स यस चलचित्रमा मज्जाले हेर्न पाइने भएको छ। इकु यस चलचित्रको निर्माता पनि हुन्।

ईकुलाई निर्माणमा ओमलाल गुरुङ र राजेश श्रेष्ठले पनि सघाएका छन्। ईकुको अलावा यस चलचित्र फिर्केमा ऋचा शर्मा,अर्पण थापा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी लगायतका कलाकारहरुको अभिनय गरेका छन्। यसअघि ‘ईकु’ र ‘ईकु २’ बनाएका शंकरले ‘फिर्के’ ईकु भन्दा फरक रहेको ईकु सुलेमान शंकरले बताएका छन्।

चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ। बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन मित्र डि.गुरुङको सम्पादन तथा रामकुमार केसीको छायांकन रहेको छ। चलचित्रलाई काठमाडौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफडि कम्पनीले वितरण गर्दैछ।

निर्देशक बेमान रवि डंगोलले यस चलचित्रमा केवल निर्देशन मात्र गरेका छन्। अभिनय भने नगरेको खुलासा गरेका छन्। निर्देशन र अभिनय एकसाथ गर्दा क्यारेक्टरलाई त्यति धेरै न्याय दिन नसक्ने आफ्नो मान्यता रहेको कारण आफू निर्देशित कुनैपनि चलचित्रमा आफूले अभिनय नगरेको जानकारी पनि निर्देशक डंगोलले भिजन संसारलाई भनेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक १५ गते बुधवार ।