Bijan-Pantकाठमाडौ। विश्वको ख्यातिप्राप्त विश्वविद्यालय बेलायतको अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकास विभाग अन्तर्गत मल्टी डाइमेन्सन पिइर पोभर्टी नेटवर्कको सल्लाहकार पदमा नेपालका प्राध्यापक बिजन पन्त नियुक्त भएका छन्।

केही समययता विकास विज्ञको रुपमा बेलायतमा कार्यरत पन्तले अक्सफोर्ड विश्वविद्यालयमा दक्षिण एसिया हेर्ने गरी नियुक्ति पाएका हुन्।

विकास मामिलाको अध्ययन अध्यापन गरिरहेका डा.पन्तले यसअघि समाजवादी अर्थ विकास नीति संवन्धी काम गर्दैआएका थिए। नेपालमा सुशील कोइराला प्रधानमन्त्री हुंदा सामाजिक तथा विकास मामिला सल्लाहकारको रुपमा डा.पन्तले कार्य गरिसकेका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन १८ गते मंगलवार ।