UK Royal Palaceकाठमाडौ। बेलायतको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एक जना युवकले चक्कु प्रहार गर्दा दुईजना प्रहरी घाइते भएका छन्।

सुरक्षामा खटिएका प्रहरी नजिकै कारमा चक्कु बोकेर पुगेका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रमण गरेका थिए। युवकले प्रहार गरेको चक्कु लागेर दुई जना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले जनाएका छन्।

चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको बताइएको छ। घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।(समाचारएजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल भाद्र १० गते शनिवार ।