लण्डन। खै कुन दृष्टीकोणले हेरिन्छ, अझ भनु कुन दुरविन आफ्नो आँखामा लगाएर हेरिन्छ र त्यसले देख्ने दृष्यको वर्णन कुन व्यक्तिले कसरी गर्छन्। अनि व्याट्री सकिन लागेको रेडियो र फ्रिक्वेन्सी नमिलेको टिभिको समाचार आधा, अधुरो र अस्पष्ट हुन्छ।

समाजमा अलग नयाँ नौलो काम गर्न रुचाउने, भला कसैका लागि साहस भन्दा पनि हाँस्यासपद लाग्न सक्छ । साईकल चढ्न सिक्दा बारम्वार लड्दा समाज हाँस्छन्। साईकल सिकेर सरर उनीहरुकै अगाडि हिड्दा ट्वाँ परेर हेर्ने समाज पनि त्यही हुन्छ । लड्दा, जानेका मान्छेले सिकाउनु, हौसला दिनु त सुनको दाँत झिकेर दिनु बराबर हुन्छ।

प्रसंग बेलायतमा केही दिन पछि सम्पन्न हुन गईरहेको विश्व परिक्रमा विशिष्ट नागरिक सम्मानको हो । मुख्य आयोजकको एक युगमा एक पटक विदेशमा रहेर नेपाल र नेपाली समाजको लागि गरेको अतुलनिय अमूल्य योगदान को कदर र सम्मान गर्ने ईच्छालाई फ्रिक्वेन्सी नमिलेर बाहिर आएको समाचारले धमिलाउन खोजे पछि, आयोजकहरु निरास बनेका हुन्।

शायद संस्थाले गर्नु पर्ने काम व्यक्तिले गरेर हो कि ? जस्तो जे भए पनि मैले पाएको तथ्यांक मुताविक गरेरै विशिष्ट नागरिकको सम्मान गर्छु नै, चाहे। मेरो कामको मूल्यांकन जुनसुकै तवरले गरोस्। यस्तै कार्य गरेर गिनिज बुक अफ द वर्डमा नाम लेखाइ सकेका चलचित्र पत्रकारआर के सुवेदीले सम्मान प्रदान गरिनु अगाडि नै विवादको कुरा आएपछि बेलायतमा भिजन संसारलाई उक्त कुरा भनेका हुन्।

बेलायतका आयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले सम्मान कार्यक्रम सम्मिलित भई विशिष्ट नागरिकको सम्मान गर्न बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका छन्।
प्रकाशन मिति–२०७४ साल पुष ८ गते शनिवार ।