Dr. Bachhu Kainiकाठमाडौ। बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन्। आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा पश्चिम नेपालको तनहुँ जिल्लाको कमलबारी निवासी डा. बच्चु कैलाश कैनीले बेलायतको डार्टफोर्ड निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन लागेको हो।

डा.कैनी हाल बेलायतको लेबर पार्टीबाट काउन्सिलर पदमा कार्यरत रहेका छन्। बेलायती संसद्को प्रमुख प्रतिपक्ष पार्टी लेवर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यबाट संसदीय निर्वाचनको चुनावमा उम्मेदवार हुन आवेदन मागेकोमा डा कैनीले आवेदन दिएका हुन्।

डा. कैनीले मे ११ मा औपचारिक रुपमा उम्मेदवारी दर्ता गराउने भएका छन्। बेलायतको संसदीय इतिहासमा नेपाली मूलको उम्मेदवार बनेको यो पहिलोपटक हो । सन् २००५ मा नेपालवाट बेलायत प्रवेश गरेका कैनीले सन् २०१३ मा लेवर पार्टीको सक्रिय सदस्य, सन् २०१४ मा महासमिति सदस्य र सन् २०१५ मा काउन्सिलर पदमा निर्वाचित बनेका थिए।
प्रकाशन मिति–२०७४ साल बैशाख २६ गते मंगलवार ।