Black Summer_004 (1)काठमाडौ। एलबी सुब्बा निर्देिशत फिल्म ब्ल्याक समर वल्र्डवाइड रिलिज हुने तर्खरमा रहेको छ। ब्ल्याक समरले बदला, प्रेम र थ्रीलरको कथा बोकेको छ।  जसमा रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ, मनिषकुमार श्रेष्ठ लगायतको अभिनय छ।

जुन २४ तारिखमा पहिलोपटक लन्डनमा रिलिज हुने सिनेमाले अमेरिकादेखि अष्ट्रेलियासम्मको फन्को मार्ने भएको छ। बेलायतको ३७ थलोमा सिनेमा प्रदर्शन हुने उल्लेख छ। अष्ट्रेलिया, अमेरिका, क्यानडा, दक्षिण कोरिया, हङकङ, बेल्जियम, ब्रुनाई, इजरायल र युएईमा सिनेमा रिलिज हुने जनाइएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २५ गते विहीवार ।